
२९ भदौ,काठमाडौं ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतका कार्यहरु बन्दा गरिएको जनाएको हो ।
यातायात व्यवस्था विभागको संरचनामा तोडफोड,आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिकउपकरण,छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले जनाएको छ।
कार्यालयले सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने उल्लेख गरेको छ।
विभागले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, वैदेशिक रोजगारीमा श्रमिक र शान्ति मिसनमा जाने सुरक्षाकर्मीसहित अत्यावश्यक परेर विदेश जानेहरुलाई मात्रै आवेदन लिएर लाइसेन्स छपाइ गरेर दिने गरेको छ ।
नत्र बेला बेला विभिन्न किसिमका बहाना बनाएर लाइसेन्स छाप्ने र वितरण गर्ने कार्य बन्द गर्ने गरेको जनगुनासो ब्याप्त छ ।भने विभाग र सरकारको आलोचना पनि हुने गरेको छ ।
‘
