जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा,प्रत्येकका परिवारलाई १०÷१० लाख राहत दिइने,

२९ भदौं । जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिएको छ । साथै मृतकका परिवारलाई १० ÷ १० लाख रुपैयाँको दरले राहत पनि उपलब्ध गराइने भएको छ ।

साथै बाहिरी जिल्लाबाट काठमाडौं आइ बसेका मृतकका परिवारको खर्च व्यहोरी दिने र आन्दोलनमा घाइते भई कुनै शारिरीक अपांगता भएकाहरुको थप उपचारको खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री सुशीला कार्की बताउनु भएको छ ।यस्तै आगजानीमा परेर समपत्ति नष्ट भएका उद्योगीहरुको बारेमा पनि सरकारले  केही सहयोगबारे सोच्ने पनि उहाँको भनाई छ ।

आज आइतबार बिहान ११ बजे अन्तरिम सरकारको प्रमुखको पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री  कार्कीले सोही निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते जेनजी युवाहरु आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनको अवसर पारेर जेनजीको मर्मविपरित घुसपैठगरी स्वार्थ समुहले आन्दोलनलाई उग्र बनाएका थिए । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा प्रहरीको गोलीबाट १९ जना युवाहरुको मृत्यु भएको थियो भने सयौ घाइते भएका थिए ।यसैविच ३ जना सुरक्षाकर्मी सहित अहिलेसम्म ७२ जनाएको ज्यान गएको स्वास्थ्य मन्त्राालयको तथ्यांकमा उल्लेख छ ।

त्यसक्रममा विभिन्न सरकारी कार्यालय र विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ । यसैवीच प्रधानमन्त्री कार्कीले हालै देशमा भएको तोडफोड र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।विभिन्न सरकारी कार्यालयका महत्त्वपूर्ण फाइलहरू जलेर नष्ट हुँदा ठूलो क्षति भएको र आगजनी र तोडफोडबाट मन्त्रालय शून्यमा पुगेको पनि उहाँले बताउनु भएको छ ।

तर यो तोडफोड र आगजनि गर्ने पालीहरूको संस्कार नभएको र यसमा अन्य कुनै समुहको षड्यन्त्र र चलखेल हुन सक्ने आशंका रहेको भन्दै उहाँले यसको गहन अनुसन्धान गरिने पनि बताउनु भएको छ ।

उहाँले यो विषम परिस्थितिको सबै नेपाली मिलेर सामना गर्नुपर्ने र नेपाल राष्ट्र विकासमा मिलेर अगाडी बढ्नु पनि सबैलाई आग्रह गर्नुभएको छ ।