
२१ भदौ,काठमाडौं । नेपाली भाषाको फिल्म ‘रिमै’ सहित दुई विदेशी फिल्म हलमा रिलिज भएका छन् ।
हलिउडको प्रतीक्षित हरर-थ्रीलर सिरिज ‘द कन्जुरिङ’को पछिल्लो श्रृंखला ‘लास्ट राइट्स’सहित बलिउडको ‘बागी ४’ शुक्रबारदेखि रिलिज भएको छ ।
खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’मा दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका छ । गुरुङ संस्कार र संस्कृतिमा भनिएको प्रेम यसको कथावस्तु हो ।‘रिमै’को रनटाइम १३५ मिनेट छ ।
हलिउडको थ्रीलर–एक्सन ड्रामा ‘बागी ४’ पनि प्रदर्शनमा आएको छ ।टाइगर श्राफ, संजय दत्त,सोनम बाज्वाको अभिनय रहेको यो फिल्मको रनटाइम १६४ मिनेट छ ।
यो फिल्मले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको छ ।
‘द कन्जुरिङ : लास्ट राइट्स’लाई माइकल चाभ्सले निर्देशन गरेका हुन् । हरर-थ्रीलर जनरामा राखिएको यो हलिउड फिल्मको रनटाइम १३५ मिनेट छ ।
‘एडल्ट’ सर्टिकफिेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।
