आज नेपाली नारीहरुको महान पर्व हरितालीका तीज,शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइँदै
२१ भदौ, काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ।
शिवपार्वतीको पूजाआराधना र तीजका गीतमा नाचगान गरि मनाइने तीज पर्वले नेपाली सामाजको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ।यो नेपाली नारीहरुको मौलिक चाड÷पर्व हो।
आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्।सत्य युगमा आजैको दिन पार्वतीले भगवान महादेव÷शिवलाई स्वामीका रुपमा पाउँ भनि निराहार तथा निर्जला जस्तो कठोर तपस्या गरेर महादेव स्वामी पाएकी थिइन् भन्ने कथा सुन्न र पढ्न पाइन्छ।
आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास पनि छ । धर्मशास्त्रका जानकारहरुका अनुसार सबै नारीहरुले निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता छैन।व्रत निराहार,जलाहार र फलाहार गरी तीन किसिमबाट बस्न सकिने उनिहरुको भनाई छ।सक्नेले निराहार,नसक्नेले जलाहा...









