आज भोटो देखाइएर मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न गरिदैं
२० साउन,काठमाडौं ।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा आज आइतबार भोटो देखाइएर सम्पन्न गरिदैं छ।
ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको हो । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा,मोती,मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ ।
प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् ।यसरी भोटो देखाएपछि करिब तीन महिनादेखिको जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ ।
छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ मह...






