मनोरन्जन

आपराधिक विश्वासघातको कसुरमा निर्देशक थापा पक्राउ

कानुन, मनोरन्जन, समाचार
काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । एक प्रहरी उच्च अधिकारीका अनुसार उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।...
मिस नेपाल २०२४ का फाइनलिस्ट घोषणा,प्रतियोगी अंक प्रदान 

मिस नेपाल २०२४ का फाइनलिस्ट घोषणा,प्रतियोगी अंक प्रदान 

ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं।मिस नेपाल २०२४ को उपाधिका लागि २६ फाइनलिस्ट घोषणा भएको छ। हालै ललितपुरमा सम्पन्न पत्रकार सम्मेलनमार्फत २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो।यसका लागि प्रतियोगी अंकसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।  ‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराएका थिए।प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएको आयोजकको भनाई छ। प्रतियोगितामा द हिडन ट्रेजर आयोजको रुपमा रहेको छ।प्रतियोगितालाई विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् ।नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन्। काठमाडौं,ललितपुर,पोखरा लगायत यसपटक दैलेख,कैलाली,म्याग्दी लगायतका ठाउँबाट समेत सुन्दरी छनोट भएका छन्। फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन्।११ विधामा यसपटक सहविधा संचालन हुनेछन्।मिस नेपाल वल्र्ड,मिस ...

अध्यक्ष ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

ताजा अपडेट, मनोरन्जन, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको ‘चान्स पायो कि नेपालीले गर्छ’ खेलकुद गीत सार्वजनिक भएको छ । दशकपछि नेपालले टी–२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् भने उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन् । उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो। चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन।ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन।भने,सुनील पोखरेल,सौगात मल्ल,दयाहाङ राई,विपिन कार्की जस्ता अहिलेका सुपरस्टार कालाकारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको यस फिल्ममा प्...

अपाच्य शैलीका दोहोरी गीत तत्काल बन्द गर्न प्रतिष्ठानको निर्देशन,सदस्यता खारेज गर्ने चेतावनी

कला, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
काठमाडौँ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शैलीका दोहोरी गीत बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी दिएको छ। प्रतिष्ठानले आज आइतवार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका गीतले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत प्रहार भएको व्यापक जनगुनासो आएपछि ध्यानाकर्षण भएको जनाइएको छ ।  समाजमा अराजकता फैल्याउने शैलीका यस्ता गीत बन्द गर्न कलाकार,स्टुडियो,युट्युब च्यानल सञ्चालक लगायत सम्बन्धीत सबैलाई सचेत गराउँदै प्रतिष्ठानले भनेको छ,‘विशेषतः पछिल्लो समयमा विभिन्न युट्युब च्यानल लगायतका सामाजिक सञ्जालहरूमा देखिएका प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ’। ‘यस प्रकारका अराजक प्रवृत्तिको घोर भर्त्सना गर्दै संस्क...

नेपाल फेसन फेस्टिभल–२०२४ : पहिलो दिन उत्साहपूर्ण सहभागिता,क्वियर इन फेसनदेखी रनवे फेसन प्रदर्शनसम्म

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) ललितपुर ।ललितपुरको सानेपा स्थित हेरिटेज प्लाजामा सञ्चालन भइरहेको ‘नेपाल फेसन फेस्टिभल’मा अपेक्षाकृत भन्दा धेरैले अवलोकन गरेको आयोजकले बताएका छन्। यहि जेठ १० गते साँझ लतितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न गरेर ११ जेठदेखि हरेक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भइरहेको फेस्टिभलमा  पहिलो दिन क्वियर इन फेसनदेखी फेसन फोटो प्रदर्शनी,फोटोटक र रनवे फेसन प्रर्दशन गरिएको आयोजक फेशन नेटवर्क नेपालका संस्थापक निर्देशक शेखरराज कसजुले बताए। नेपालमै पहिलो पटक आयोजना गरिएको यस फेस्टिभलको शुक्रबार पहिलो दिन फेसन पारखीहरुको उत्साहपूर्ण सहभागिता रहेको निर्देशक कसजुले जानकारी दिए ।८० वटा स्टल रहेको सो फेस्टिभलमा शुक्रवार दुई भिन्न प्यानल डिस्कसन,फेसन फोटो प्रदर्शनी,फोटोटकसहित रनवे फेसनसमेत आयोजना गरियोको थियो ।त्यसमध्ये...
चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’  को ट्रेलर सार्वजनिक बिहीबार सार्वजनिक भएको छ । नवीन सुब्बाद्वारा निर्देशित सो चलचित्र’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राई सहितका कलाकार प्रमुख भूमिकामा छन् । चलचित्रलाई आमोद राईले निर्माण गरेका हुन् । चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा तयार पारिएको छ । चलचित्र जेठ २५ गते विश्वभर रिलिजको तयारीमा छ ।...
नेपाली चलचित्र शुक्रबार नै प्रदर्शन हुने परम्परा तोडियो, दुई चलचित्र आजदेखि हलमा

नेपाली चलचित्र शुक्रबार नै प्रदर्शन हुने परम्परा तोडियो, दुई चलचित्र आजदेखि हलमा

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली चलचित्रका क्षेत्रमा शुक्रबार नै रिलिज गर्नुपर्ने परम्परा रहँदै आएको थियो । तर यो साता भने बिहीबारबाट नै प्रदर्शन सुरु भएको छ । बुद्ध जयन्तीको अवसरमा आज दुई नेपाली चलचित्रहरु हलमा रिलिज भएका छन् । आजबाट चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शन हुन लागेका हुन् । केही दिन अघिबाट अग्रिम टिकट बुकिङ सुरु गरेका दुई चलचित्रहरुले बराबरी रुपमा शोहरु पाएका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुती रहेको चलचित्र ‘फर्की फर्की’ मा अनमोल केशी, जसिता गुरुङ, समृद्धि अर्याल, रवी काफ्ने लगायतको मुख्य भूमिका छ । यो चलचित्रलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यसैगरी चलचित्र ‘पुजार सार्की’मा आर्यन सिक्देल, प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बू, अन्जना बराईली लगायतको प्रमुख भूमिका छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास भुसाल निर्माताका रुपमा छन् । य...
असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौँ ।कमल एक्चै मगरद्वारा निर्देशित चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको हो।  चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको निर्देशक मगरले बताएका छन्।  चिलचित्रमा अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिका छ भने रूपा राना,राज थापा,देवराज आले,विनिता थापा,सुनिल रोका,नमिता तामाङ,पुजा गदाल,लिला गुरूङ,नीता पुन,किरण मगर लगायतले अभिनय गरेका छन्। देवराज आले मगरको कथा,राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म बनेको हो। चलचित्र वितरणको जिम्मा आर आर फिल्म...
गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ सार्वजनिक

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
मनिषा गरुङ काठमाडौं ।गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको ‘बोलको गीत बजारमा आएको छ।यस गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छिन्। साथै सरोज प्याकुरेलको संगीत,फडिन्द्र राईको एरेन्जमा गीत निमार्ण गरिएको छ।गीतमा प्रेमील जोडिबीचको भावनात्मक सम्बन्धलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। प्रेमीकाको मनको कुरा बुझ्ने माया(प्रेमी) पाएको कुरालाई गीतले उजागर गरेको छ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण भएको छ।भने,यस गीतमा भोला पौडेलले रेकडिंङ र मिक्सिङ गरेका छन्।...