सीता पौडेल(अर्चना)
ललितपुर ।ललितपुरको सानेपा स्थित हेरिटेज प्लाजामा सञ्चालन भइरहेको ‘नेपाल फेसन फेस्टिभल’मा अपेक्षाकृत भन्दा धेरैले अवलोकन गरेको आयोजकले बताएका छन्।
यहि जेठ १० गते साँझ लतितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख
आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न गरेर ११ जेठदेखि हरेक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भइरहेको फेस्टिभलमा पहिलो दिन क्वियर इन फेसनदेखी फेसन फोटो प्रदर्शनी,फोटोटक र रनवे फेसन प्रर्दशन गरिएको आयोजक फेशन नेटवर्क नेपालका संस्थापक निर्देशक शेखरराज कसजुले बताए।

नेपालमै पहिलो पटक आयोजना गरिएको यस फेस्टिभलको शुक्रबार पहिलो दिन फेसन पारखीहरुको उत्साहपूर्ण सहभागिता रहेको निर्देशक कसजुले जानकारी दिए ।८० वटा स्टल रहेको सो फेस्टिभलमा शुक्रवार दुई भिन्न प्यानल डिस्कसन,फेसन फोटो प्रदर्शनी,फोटोटकसहित रनवे फेसनसमेत आयोजना गरियोको थियो ।त्यसमध्ये गेहेन्द्र धिमाल फाउन्डेसनले आईएम स्वीडिश डेभलपमेन्ट पार्टनरसँगको सहकार्यमा भएको ‘क्वियर इन फेसन’ सेगमेन्टमा धेरैको ध्यान ध्यानाकर्षण गरेको थियो ।
‘क्वियर इन फेसन’ लाई नेपाल फेसन फेस्टिभलको एक महत्वपूर्ण अंगको रुपमा समावेश गरिएको छ ।नेपालको फेसन उद्योगमा एलजिबिटिक्यू समुदायले पुर्याएको योगदानलाई कदर गर्दै त्यसलाई उत्सवको रुपमा मनाउन तथा महत्व दिन क्वियर इन फेसन कार्यक्रम सञ्चालन गरिएको एफएनएनका अध्यक्ष शुसान्त ताम्राकारले बताए ।
फेस्टिभलको केन्द्रविन्दुका रुपमा रहेको यो सेग्मेन्टमा क्वियर डिजाइनरहरू,मोडेलहरू, स्टाइलिस्टहरू तथा अभियन्ताहरुले विभिन्न प्रस्तुतमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। भने,उनीहरुबीच अनुभवहरू आदान–प्रदान गर्दै फेसनको संसारमा समावेशीकरण तथा विविधताको महत्त्वलाई उजागर गरेको उनको भनाई छ ।यसले परम्परागत मान्यताहरूलाई चुनौती दिँदै फेसन उद्योग भित्रको विविधताको सौन्दर्यलाई झलकाएको पाइन्थ्यो ।
फेस्टिभलको बिहिवारको उद्घाटन समारोहदेखि समापनका दिन (जेठ १३ गते)सम्म नै क्वेयर इन फेसन हरेक दिन एक घण्टा सञ्चालन हुँने आयोजकको भनाई छ ।
महोत्सवमा डिजाइनर एलिज घिमिरेद्वारा‘अनभिलिङ डाइभर्सिटीः क्वियर काउटर कलेक्सन शीर्षकको डिजाइन परफर्मेन्स प्रस्तुत गरिएको थियो ।यसमा मोहन सुनुवारले मेकअप आर्टिसको रुपमा काम गरेका थिए ।
महोत्सवमा द क्वियर फेसन अन्तर्गतका आठ वटा डिजाइनहरु प्रस्तुत गरिएको छ।यी डिजाइनरहरुलाई स्पाइरल अफ लाइफलाई शाकुरा,एप्रिसिएसनलाई लक्ष्य ,बि–हेलाई रिक, एलिजावेथलाई डण्डी,एफ्रोडाइट शुभम,जेनिसिसलाई प्रशंसा, बिहाइण्ड द फेब्रिकलाई सान्विका र जेन्डर एक्सप्रेसन (साशा) ले प्रस्तुत गरिरहेका महोत्सवका मिडिया कोअर्डिनेटर पत्रकार कृण्ण प्रसाद भट्टराइले जानकारी दिएका छन् ।
उनका अनुसार योसँगै पहिलो दिन द गेहेन्द्र धिमाल फाउण्डेसनका गेहेन्द्र धिमालले ‘फोटो टक’ सेसनको क्रममा आफूले खिचेका फेसन फोटोका बारेमा जानकारी गराएका थिए।प्रदर्शनीमा धिमालले दुई साताभन्दा बढी मेहनतका साथ कसरी फोटोहरु खिचिएएको थियो,ती फोटोहरुले नेपालको पर्यटनलाई प्रवद्र्धन गर्न कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने जस्ता विषयमा स्पष्ट पारेका थिए ।
साथै उनले फोटो सेसनका सन्दर्भका गतिविधिहरु समेटिएको एउटा भिडियोसामाग्री समेत प्रदर्शन गरेको मिडिया कोअर्डिनेटर भट्टराइले जानकारी दिए।
आज हिजोको प्रस्तुतिसँगै थप दुईवटा विषयमा प्यानल डिस्कसन लगायतका अन्य आकर्षक कार्यक्रमहरु रहने तथा फोटोग्राफर राजभाइ सुवाल र राजु भण्डारीले खिचेका विभिन्न फोटोहरुको प्रदर्शनि गरिने अध्यक्ष ताम्राकारले जानकारी दिएका छन् ।

आयोजकले आज दोस्रो दिन फेसन पारखीहरुको झनै बढी सहभागिता रहने आशा गरेका छन् ।
