
काठमाडौं माओवादी केन्द्रले भदौमा मधेस प्रदेश सम्मेलन गर्नका लागि तयारीलाई तिब्र रुपमा अगाडी बढाएको छ ।माओवादीले कार्यविभाजनसँगै सोही अनुसार प्रदेशमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको जनाएको हो।
उसले तयारी रुवरुप निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको हो । मधेस प्रदेशका ६ वटा जिल्लाको कार्यक्रम सम्पन्न गरिसकेको जनाएको माओवादी केन्द्रले बाँकी २ जिल्ला महोत्तरी र सिरहामा कार्यक्रम गर्न बाँकी रहेको बताएको छ।
महोत्तरी,धनुषा तथा सिरहामा बढी विवाद रहेकाले समय लागेको तर बाँकी जिल्लामा समन्वय गरेर चाँडै कार्यक्रम गरिने बताएको छ ।
माओवादी केन्द्र मधेस प्रदेश समितिको सम्मेलन अगामी भदौमा गर्ने निर्णय पार्टीले गरेका कारण तल्लो तहदेखि धमाधम कार्यक्रम गरिरहेको उल्लेख गरेको छ।
’जनतासँग माओवादी’नाम दिएर सो पार्टीले तीन महिने अभियान सञ्चालन गरेको थियो ।
