आज काठमाडौंका यी स्थानमा हुँदैछ विद्युत लाइन अवरुद्ध

काठमाडौं । आज काठमाडौं जिल्लाका विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज तार भूमिगत गर्न लागिएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार आज काठमाडौंको साँखु फिडर अन्तर्गत साँखु क्षेत्र, चौमती फिडर अन्तर्गत कुलेश्वर क्षेत्र, केएमसी र वल्र्ड एयरपोर्ट फिडर अन्तर्गत सुविधानगर, सिनामंगल र भिमशेनगोलामा विद्युत अवरुद्ध हुँदैछ ।

यस्तै, कालीमाटी फिडर अन्तर्गत कालीमाटीदेखि कलंकीसम्मको क्षेत्र, रोपवे फिडर अन्तर्गत मैत्रीनगर र टेगलाफाँट क्षेत्र र मूलपानी फिटर अन्तर्गत फिकल चोकदेखि बाबा चोकसम्म विद्युत लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकुल भएमा सटडाउन नहुने प्राधिकरणले बताएको छ ।