
काठमाडौं । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि गएराति उनलाई अस्पताल भर्ना गरिएको धनुषा प्रहरीले बताएको छ ।
हिजो साँझ स्वास्थ्यमा समस्या देखिएको र चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार मात्र हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो ।
