मनिषा गुरुङ
काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन।ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन।भने,सुनील पोखरेल,सौगात मल्ल,दयाहाङ राई,विपिन कार्की जस्ता अहिलेका सुपरस्टार कालाकारहरुलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको यस फिल्ममा प्रशान्त रसाईली को निर्देशन रहेको छ।भक्तराजको निधनपश्चताका दृश्यहरू पनि थप गरिएको सो सो सिनेमामालाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।
