चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’  को ट्रेलर सार्वजनिक बिहीबार सार्वजनिक भएको छ । नवीन सुब्बाद्वारा निर्देशित सो चलचित्र’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राई सहितका कलाकार प्रमुख भूमिकामा छन् । चलचित्रलाई आमोद राईले निर्माण गरेका हुन् ।

चलचित्रलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा तयार पारिएको छ । चलचित्र जेठ २५ गते विश्वभर रिलिजको तयारीमा छ ।