
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आज शुक्रबार शुरु हुँदै छ।
सामान्य सोधपुछ भइरहेको भए तापनि आधिकारिक बयान भने बल्ल आजबाट हुन लागेको धनुषा प्रहरीले जानकारी दिएको छ।मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियाको म्याद आजसम्म मात्रै छ।
यदि बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ।
