
काठमाडौं ।चौथो आदिवासी चलचित्र महोत्सव आज बुधबारबाट शुरु हुँदैछ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो।
महोत्सवमा नेपालका लिम्बू, तामाङ,गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिएका छन्।
चार दिनसम्म चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र,वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत गरिने महासंघले जनाएको छ।
‘मौलिक आदीवासी चलचित्र निर्माणमा प्रोत्साहन,अन्तराष्ट्रियकरण गर्ने आदीवासी जनजाति चलचित्र महासंघको अभियान’ भन्ने नाराका साथ हुन लागेको सो आदीवासी फिल्म फेस्टिभलमा लिम्बू भाषाको सुगुप,तामाङ भाषाको दार्वुङ,गुरुङ भाषाको मार्कली,मगर भाषाको रोस,थारू भाषाको जितिया २,राजवंशी भाषाको मोख,भुजेल भाषाको जन्मेदेखि मृत्यु संस्कार,नर्वेको विषेश प्रर्दशन इन्डिजिनियस पुलिस लगायत फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्।
महोत्सवमा संघमा आबद्व १४ जातीय संघ संस्थाको सहआयोजना रहने महोत्सवमा फिल्म प्रदर्शनबाहेक आदीवासी जनजातिको संस्कृति झल्कने र्याम्प वाक,विशेष प्रकारको परिकारको स्टल,फोटो प्रर्दशनी,चित्रकला प्रदर्शनीलगायत विविध सांस्कृतिक कार्यक्रम हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिएका छन्।
