मनोरन्जन

विक्रम बिसीको ‘त्यो भेरी तिरैमा’ गीत युट्युबमा

विक्रम बिसीको ‘त्यो भेरी तिरैमा’ गीत युट्युबमा

कला, ताजा अपडेट, भिडियो, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।लोकगायक बिक्रम बिसीको त्यो भेरी तिरैमा बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ।बिहीबार बिसीले आफ्नै अफिसियल युट्युब च्यानल Bikram BC मा सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। वि.सं.२०५० सालमा रेडियो नेपालबाट गायन यात्रा शुरु गरेका बिसीले आफ्नै शब्द र स्वर रहेको यस गीतमा सामाजिक परिवेश अनुसारको म्युजिक भिडियो बनाएर नयाँपन दिएको बताएका छन्।गीतमा अछामदेखि सुर्खेत पश्चिमसम्मका गाउँ घर र डाँडा पाखाको बयान गरिएको छ।जहाँ लेकदेखि वेशीसम्मका परिवेशलाई मात्र नभएर नदीको बहाव र न्याउली चरीको रोदनलाई माया पिरतीको प्रसंगसँग जोडिएको छ। गीतमा आफ्नी प्रेमिकासँग बिहे नभए बाँच्न नसक्ने सम्मका बाचा बन्धन गरिएको देखिन्छ । उनले रेडियो नेपालमा घुमाउरो घुमाउरो कर्णाली,बर्दिया लै सम्म मैनामा हाम्रो असारे,गाई हिन्ने गोहो,नयॉं नेपाल समान बनाउनु,जोवन मेरो ओईलेर गयो,पुग्यौ क...
बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
राजेश हमाललाई फ्यानको आग्रह : अब बडी शो होइन,बेबी चाहियो

राजेश हमाललाई फ्यानको आग्रह : अब बडी शो होइन,बेबी चाहियो

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं ।आगामी जेठमा हमाल ६१ वर्ष टेक्दैछन् भने जेठमै उनले विवाह गरेको १० वर्ष पुग्दैछ । विवाहको एक दशक पुग्दा समेत हमाल दम्पतीमा बच्चाको सुरसार नभएपछि हमालका फ्यानहरुले उनलाई बच्चा कहिले पाउने भन्ने प्रश्न सोधिरहेका छन् । समय सामाजिक सञ्जालमा समेत हमालले धर्मपत्नि मधुसँगका रोमान्टिक फोटो पोस्ट गरिरहेका छन् ।तर हमालले अहिले नै बच्चा जन्माउन हतार नगर्ने बताउँदै आएका छन्।यी तस्वीरमा फ्यानले अब बडी होइन,बच्चा र भान्जाभान्जी दिनुपर्ने भन्दै कमेन्ट गरिरहेका छन् । दोस्रो राजेश हमाल कहिले जन्माउने राजेश दाइ भन्दै प्रशंसकले प्रश्न गरेका छन् ।कतिपयले ६० वर्षको उमेरमा पनि राजेश हमालको फिटनेसको प्रशंसा गरेका छन् ।...

बल्छी धुर्वे र राजु मास्टरको स्पष्टोक्ति : सम्बन्ध टुटेको मान्छे अदालतमा भेटिन्छ,प्रोग्राममा हैन

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं।मंगलबार चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्वेसँगै पत्रकार सम्मेलनमा एकसाथ भेटिए।उक्त जमघटमा उनीहरुले आफूहरुबीच दरार आएको भन्ने चर्चाको खण्डन पनि गरे। नयाँ टिभी सिरियल ‘बुहारी’को पत्रकार सम्मेलनमा यी दुईले आफूहरु अलग नभएको स्पष्ट पारे।‘सम्बन्ध टुटेको मान्छे अदालतमा भेटिन्छ,प्रोग्राममा भेटिदैंन,’राजु मास्टरले भने,‘हाम्रो सम्बन्ध धेरै राम्रो छ।दर्शकलाई हामीले धेरै ठाउँमा,धेरैपटक भन्नुपर्‍यो।अब त भन्दा–भन्दा पनि वाक्क भइसक्यो।कति भन्नु जस्तो।’उनले थपे। बल्छीले  हाँस्दै भने भने,‘सम्बन्ध टुटेको मान्छे ‘जुठे’मा सँगै खेल्दैन।’  पैसामा कुरो नमिलेर जोडी छुटेको हो भन्ने चर्चामै आयो,कुरा के हो भनेर सोधिएको प्रश्नमा बल्छी धुर्वेले भने,‘हामीलाई थाहा छैन,तपाईंले कसरी थाहा पाउनुभयो ।’ ‘हामी नेपालीको बानी कस्तो भइदियो भने जहाँ डोजरले भत्काइरहेको छ,त्यहाँ मान्छे झुम्म हुन्छौं ।जहाँ बनाइ...

फिल्ममेकर आचार्यलाई दुई अवार्ड

कला, ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार
काठमाडौं ।नेपाली फिल्ममेकर रविन आचार्यलाई अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड प्रदान गरिएको छ।फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन्। छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’,लिओ काल्जोनीको ‘सिएला’,स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सँग आचार्यको प्रतिस्पर्धामा थियो।आचार्यले छायांकन गरेको फिचर फिल्म ‘डाइङ क्याण्डल’ले सन् २०१६ को फेस्टिभल संस्करणमा छायांकन विधा जितेको थियो। यो फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’मा स्क्रिनिङ समेत गरिएको थियो।आचार्यले नेपाली कथानक फिल्म धुलो,केटीएम कक्टेल,चंगा,चक्कर,जयश्री राम छायांकन गरेका छन्।...

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा

कला, जीवनशैली, मनोरन्जन, समाचार
काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको बताएका छन् । सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्,‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै ।उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।’ गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’,अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’लगायतका दर्जनौं गीतमामा सनिशाले अभिनय गरेकी छन्।    ...

५९ औँ विद्यार्थी दिवसको अवसरमा डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

ताजा अपडेट, मनोरन्जन, राजनीति, शिक्षा, समाचार
काठमाडौं। अनेरास्ववीयू (क्रान्तिकारी) केन्द्रीय समितिले जेठ १ गते डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ५९ औँ विद्यार्थी दिवसको अवसरमा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्नै संगठनका सचिव उपदेश यादवले जानकारी दिएका छन्। खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ३ सदस्यीय निर्णायक समिति रहेको यादवले बताए । उपाध्यक्ष पवन कार्कीलाई वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी दिएका छन् । प्रथम हुने लाई ५९ हजार रुपैयाँ, द्वितीय हुने लाई ३९ हजार र तृतीय हुनेलाई १९ हजार रुपैयाँ पुरस्कार राशि तोकेका छन् साथै सान्त्वना पुर...