काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको बताएका छन् ।
सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्,‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै ।उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।’
गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’,अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’लगायतका दर्जनौं गीतमामा सनिशाले अभिनय गरेकी छन्।
