गण्डकी । पोखरेली साहित्यकारहरूले पोखरा महानगरपालिका,२६मा रहेको खास्टे ताल किनारमा दिवंगत साहित्यकार प्रकट पंगेनी ‘शिव’लाई अक्षरयात्राद्धारा सम्झिएका थिए।
खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा स्वर्गीय पंगेनीप्रति सम्मान र सम्झना गर्दै २६ जना कवि तथा कवयत्रीले अक्षरयात्रा गराई रचना सुनाएका थिए।पोखरेली साहित्यकारले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आएका छन् ।
गजल
साँझ थियो तिमी थियौं,हल्का हल्का मात थियो
जुनेलिको उज्यालोमा जवानीको बात थियो
लोलाएका तिम्रा नजर मधहोस् थिए तिम्रा अधर
मेरो शिरको सिरानीमा तिम्रा कोमल हात थियो ।
संसार धेरै रमाइलो छ,बाँच्न जान्ने मनहरुलाई
तिम्रो हार्दिक समर्पण नै मेरा लागि सौगात थियो ।
– प्रकट पंगेनी ‘शिव’
