
सीता पौडेल(अर्चना)
काठमाडौं ।लोकगायक बिक्रम बिसीको त्यो भेरी तिरैमा बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ।बिहीबार बिसीले आफ्नै अफिसियल युट्युब च्यानल Bikram BC मा सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
वि.सं.२०५० सालमा रेडियो नेपालबाट गायन यात्रा शुरु गरेका बिसीले आफ्नै शब्द र स्वर रहेको यस गीतमा सामाजिक परिवेश अनुसारको म्युजिक भिडियो बनाएर नयाँपन दिएको बताएका छन्।गीतमा अछामदेखि सुर्खेत पश्चिमसम्मका गाउँ घर र डाँडा पाखाको बयान गरिएको छ।जहाँ लेकदेखि वेशीसम्मका परिवेशलाई मात्र नभएर नदीको बहाव र न्याउली चरीको रोदनलाई माया पिरतीको प्रसंगसँग जोडिएको छ।
गीतमा आफ्नी प्रेमिकासँग बिहे नभए बाँच्न नसक्ने सम्मका बाचा बन्धन गरिएको देखिन्छ ।
उनले रेडियो नेपालमा घुमाउरो घुमाउरो कर्णाली,बर्दिया लै सम्म मैनामा हाम्रो असारे,गाई हिन्ने गोहो,नयॉं नेपाल समान बनाउनु,जोवन मेरो ओईलेर गयो,पुग्यौ कान्छी बम्बै सहर,लम्कलम्क नेपाली,पूर्व कोशीको लगायत थुप्रै लोकगितहरु रेकर्ड गराइसकेका छन्।ती मध्ये ‘त्यो भेरी तिरैमा’ २०५८ सालमा रेकर्ड भएको थियो।केही वर्ष गायन क्षेत्रबाट बिश्राम लिएका बिसी फेरि सक्रिय रुपमा देखापरेका छन्।
अब बाँकी समय संगित क्षेत्रलाई निरन्तरता दिदै अगाडि बढ्ने योजना बनाएका बिसीले रेडियो नेपालमा लाइभमा गाएका गीतहरूको अडियोमा भिडियो बनाएर आफ्नै यूटुबमा संग्रहित गर्ने प्रयासमा जुटेका छन्।गत वर्ष ‘अछाम जिल्ला तेरा मेरा’ भन्ने देउडा गीत बजारमा ल्याएका बिसीले पूर्वेली झ्याउरे गीत ‘सुर्खेती कान्छालाई दिन्छेउ कि जोवन छिट्टै ’ सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।
अछामको तुर्माखाँद गाउँपालिका ३ राबल्देमा जन्मेका बिसीले सुर्खेतको पञ्चपुरी ९ स्थित जनता उच्च माध्यमिक विद्यालय बिध्यापुर तल्लो बिजुबाट उच्च शिक्षा अध्ययन गरेका छन्।वि.सं. २०४८–२०४९मा बर्दियाको सूर्य पटूवाबाट एसएलसी गरेका उनले अछामकै आमि प्राथमिक विद्यालयमा २ वर्ष अध्यापन गराएका थिए।
सानैदेखि गीत संगीतमा रूचि भएका बिसी कलाकार बन्ने सपना बोकेर काठमाडौं आएका थिए।वि.सं.२०५२ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेपछि उनले पूर्वी,मध्य र पश्चिमका गरी २ दर्जनभन्दा बढी लोकगीत गाइसकेका छन्।
