
मनिषा गुरुङ काठमाडौं । दुई जना साथी एक पटक साथसाथै भ्रमण गर्न निस्के । जंगलको बाटो थियो ।बाटोमा अनेक किसिमका जंगलि जनावरहरु आउने सम्भावना थियो । नभन्दै हिंड्दा हिंड्दै एक जाना साथीले आफूभन्दा अलि टाढाबाट आफैंतिर भालु आउँदै गरेको देख्यो ।
भालु आएको सुँइको पाउनासाथ नजिकैको साथीलाई समेत संकेत नगरी हत्तनपत्त नजिकैको रुखमा चढ्यो ।सँगै हिडेको साथी भने अक्क् न बक्क भयो ।उसलाई के गरुँ,कसो गरुँ भयो ।यस्तो अवश्थामा भागेर अब प्राणको रक्षा गर्न सकिने होइन जे हुन्छ होस् भन्ने सम्झी भूइँमा लम्पसार परेर सुतिदियो ।
उसले बुढापाकाका अनुभवहरुबाट सुनेको थियो कि,भालुले मरेको शवलाई खाँदैन।त्यसैले उसले मरेको जस्तै गरि सासै नफेरी बस्यो ।भालुले सबैतिर सूँ सूँ गरि सुघ्यो ।मान्छे बाँचेको आभास नपाएकाले एकैछिनमा छाडेर गइहाल्यो ।रुखमा बसेको साथीले यी सबै घटनाहरु एकटक लगाई हेरिरहेको थियो ।भालु आफ्नो बाटो लाग्नासाथ रुखमा बसेको साथी तलतिर ओर्लियो र आफूँले रुपमा चढी बुद्धि पु¥याएकोमा गर्व गर्दै साथीलाई सोध्यो, ‘होइन त्यो भालुले तिम्रो कानतिर मुख लगाउँदै के भनेको जस्तो लागेको थियो,त्यसले के भनेको हँ।’
भालु आउँदा लम्पसार बनेर सुत्ने साथीले जवाफ दिदै भन्यो,‘उसले आज मलाई बहुतै राम्रो अर्ति बुद्धि दिएर गयो । ’रुखमा चड्ने साथीलाई निकै सकसक लाग्यो र उसले फेरि सोध्यो,‘भन न के भनेको थियो त्यसले।’उसले जवाफ दियो,‘भालुले मलाई भन्यो,संकटकको समयमा छाडेर जाने साथीको कहिल्यै पनि भरोसा नगर्नु, र त्यस्तासँग बोल्दा पनि नबोल्नु,मित्रको पहिचान संकटबाटै हुन्छ।’ – प्रेरणै प्रेरणा
।मुखले साथी भन्नेहरू र अगाडी ठिक्क पार्नेहरु धेरै हुन्छन् ।तर परी आउँदा उनिहरु अनेक बहाना देखाएर वा समयको अभाव वा आफ्नै समस्या तेर्साएर पन्छिने काम गर्छन् ।अनि त्यस्ता साथीले तपाइँलाई अप्ठयारो परेर समस्याको समाधानको बाटोतिर लागिसकेपछि भने,ओहो!हामीलाई भनेको भए हामी सहयोग गथ्यौं नि!जस्त कुरा गरेर तपाईँलाई नै खराब देखाउन उद्धत हुन्छन् ।
सुखमा त सबैजना साथी हुन्छन् नै।दु : खमा साथ दिने साथी मात्र असल साथी हुन् ।वास्तविक साथीको पहिचान दु:खमा मात्र हुन्छ ।
