
पर्वत ।लामो समय पानी नपरी तापक्रम बढेपछि कुश्मा नगरपालिका–३ दुर्लुङवासीले भगवान् इन्द्रसँग पानी माग्दै अखण्ड कीर्तन गरेका छन्।हिन्दु धर्ममा इन्द्रलाई वर्षाका देवता मानिएकाले उनको पूजा गर्दा पानी पर्ने विश्वासमा अखण्ड कीर्तन गरिएको हो।
स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा शनिबार बिहान शुरु गरेको अखण्ड कीर्तन आइतबार बिहान पूरा गरेका छन् ।स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, वरुण र भगवान् शिवको मूर्ति नै स्थापना गरी पूजापाठ सहित कीर्तन गरिएको छ।
वर्षा नहुँदा पर्वतमा हिउँदे बाली सुक्दै गएका छन् भने डढेलोले सयौँ हेक्टर क्षेत्रफलको वन सखाप पारेको छ।
