घट्यो सुनचाँदीको मूल्य

३० चैत,काठमाडौं ।सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ।सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी पनि घटेको छ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो ।हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ।