उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण

३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् ।

सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेकी हुन् ।

उपसभामुख ठाकुरले पदभार ग्रहणपश्चात सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट समेत गरेकी छन् ।

गत २७ गते सम्पन्न उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए ।

रास्वपाको समर्थनसहित बहुमत पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।लामालाई जम्मा ५ जनाको समर्थन मिलेको थियो