
२९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
मन्त्रालयको निर्णयअनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।
किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्यको ग्यारेन्टी गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
