महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू

२९ चैत, काठमाडौंं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मातहतमा सञ्चालित सार्वजनिक सवारी साधनका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ ।

आइतबार सूचना सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सार्वजनिक यात्रुवहाक सवारी साधन चालक, परिचालक अनुशासित भई यात्रुसँग नम्र भाषा प्रयोग गर्ने । समय समयमा यात्रुलाई शौचालय भएको स्थानमा रोकी सफा, शुद्ध खानाको व्यवस्था मिलाउनु पर्नेछ ।

सार्वजनिक सवारी साधनमा कर्मचारीको अमानवीय व्यवहारको शिकार धेरै यात्रु बनिरहेका छन् । तीव्र आलोचना हुँदा पनि उनीहरूको व्यवहारमा परिवर्तन नआउँदा व्यवसायीमाथि नै आलोचना हुने गरेको छ।

महासंघले सञ्चालन गर्नुअघि सवारी साधनको चेकजाँच अनिवार्य गर्न, साधन सफा र आकर्षक बनाई चलाउन समेत भनेको छ । र्य टिकट लिएर यात्रा गर्न महासंघले आग्रह गरेको छ