काठमाडौं ।नेपाली फिल्ममेकर रविन आचार्यलाई अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड प्रदान गरिएको छ।फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन्।
छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’,लिओ काल्जोनीको ‘सिएला’,स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सँग आचार्यको प्रतिस्पर्धामा थियो।आचार्यले छायांकन गरेको फिचर फिल्म ‘डाइङ क्याण्डल’ले सन् २०१६ को फेस्टिभल संस्करणमा छायांकन विधा जितेको थियो।
यो फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’मा स्क्रिनिङ समेत गरिएको थियो।आचार्यले नेपाली कथानक फिल्म धुलो,केटीएम कक्टेल,चंगा,चक्कर,जयश्री राम छायांकन गरेका छन्।
