राजेश हमाललाई फ्यानको आग्रह : अब बडी शो होइन,बेबी चाहियो

काठमाडौं ।आगामी जेठमा हमाल ६१ वर्ष टेक्दैछन् भने जेठमै उनले विवाह गरेको १० वर्ष पुग्दैछ । विवाहको एक दशक पुग्दा समेत हमाल दम्पतीमा बच्चाको सुरसार नभएपछि हमालका फ्यानहरुले उनलाई बच्चा कहिले पाउने भन्ने प्रश्न सोधिरहेका छन् ।

समय सामाजिक सञ्जालमा समेत हमालले धर्मपत्नि मधुसँगका रोमान्टिक फोटो पोस्ट गरिरहेका छन् ।तर हमालले अहिले नै बच्चा जन्माउन हतार नगर्ने बताउँदै आएका छन्।यी तस्वीरमा फ्यानले अब बडी होइन,बच्चा र भान्जाभान्जी दिनुपर्ने भन्दै कमेन्ट गरिरहेका छन् ।

दोस्रो राजेश हमाल कहिले जन्माउने राजेश दाइ भन्दै प्रशंसकले प्रश्न गरेका छन् ।कतिपयले ६० वर्षको उमेरमा पनि राजेश हमालको फिटनेसको प्रशंसा गरेका छन् ।