अध्यक्ष ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको ‘चान्स पायो कि नेपालीले गर्छ’ खेलकुद गीत सार्वजनिक भएको छ ।

दशकपछि नेपालले टी–२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् भने उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन् ।

उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।