रातो मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइयो

सीता पौडेल(अर्चना)
१८साउन,काठमाडौं।वर्षा र सहकालको देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको छ।

बिहिबार दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानिएको थियो ।रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने र जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिने प्रचलन छ ।

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ ।मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

भोटोजात्रापछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासहित बुङमतिमा पुर्‍याएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराएका थिए।