
मनिषा गुरुङ
काठमाडौं ।नेपाली महिला पर्वतारोही लाक्पा शेर्पा बारेको डकुमेन्ट्री÷ फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ अर्का साता नेटफ्लिक्समा रिलिज हुने भएको छ ।
नेटफ्लिक्सले सोमबार उक्त डकुमेन्ट्री यहि श्रावण १६ गते रिलिज गर्ने घोषणा गरेको हो।अफिल्मको कथाले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याएको छ।भने, हिमालभन्दा परको उनको निजी जीवनबारे समेत चित्रण गरेको छ।
फिल्मले उनका पूर्वपति तथा रोमानियाली पर्वतारोही गेओर्गे डिजमारेस्कुसँगको हिंसापूर्ण सम्बन्धबारे पनि अन्वेषण गरेको छ।ओस्कार मनोनित लुसी वाकरले निर्देशन गरेको यो फिल्म बारे उनी आफू सधैं लाक्पा शेर्पाको कथाहरू खोज्ने र तिनलाई भन्नको लागि आफूसही व्यक्ति भएको दाबी गरिन् ।
सधैं चरित्रले पछ्याउने वृत्तचित्रको खोजीमा रहने उनी सो फिल्मको एउटा मार्गदर्शक सिद्धान्त भनेको आरोहणको अर्थ के हो भन्नेबारे विस्तृत दृष्टिकोण लिनु भएको बताउँछिन् ।उनका अघिल्ला फिल्ममा ‘द क्र्यास रिल’ र ‘वेस्ट ल्याण्ड’ छन् ।
नेटफ्लिक्सले यसअघि नेपालीमूलका बेलायती पर्वतारोही निर्मल पूर्जाको डकुमेन्ट्री ‘फोर्टिन पिक्स र नथिङ इज इम्पोसिबल’ रिलिज गरेको थियो ।
