अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

मनिषा गुरुङ

काठमाडौं।कलाकार अर्जुन सापकोटा र लक्ष्मी शर्माको स्वरमा ‘बासको चोयाले’ बोलको गीत बजारमा आएको छ।

मन्जित पहाडीको युटुब च्यानलबाट बजारमा ल्याइएको यस गीतमा मायाप्रेमले मान्छेलाई छिनमै हास्ने र छिनमै रुनेसम्म बनाउँछ भन्ने भावलाई दर्साउन खोजिएको छ।‘बाँसको चोयाले,छिन मै हाँस्नी,छिन मै रुनी बनायो तिम्रो मायाले’जस्ता प्रेमी प्रेमीकाका वीचको सम्वाद वा मनोभावलाई उजागर गरिएको सो गितमा वासुदेव पोखरेल र रोहित सुनारको शब्द तथा मन्जित पहाडीको संगीत रहेको छ ।

मायाप्रेमको भाव उजागर गरिएको यस गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको छ। गीतमा गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको जनाइएको छ।

तिलक शाहीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई रोसन भट्टको टिमले छयाँकन गरेका छन् ।भने,सुजन कोइरालाले भिडियोको कलर सम्पादन गरेको सोम्युजिक भिडियोमा कलाकार जुना कार्की र राम दर्लामीले सुन्दर अभिनय प्रस्तुत गरेका छन्।