
सीता पौडेल(अर्चना)
काठमाडौं ।प्रभु बैंकका कर्मचारी तथा ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको टीथ्री थकाली एन्ड मल्टी कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा विशेष छुट पाउने भएका छन्।
टीथ्री थकाली ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकको बागमती प्रदेशका प्रमुख विकास शर्मा गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।
टीथ्री थकाली एन्ड मल्टी कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्वारको पूर्वपट्टिको लाइनमा २४ घण्टे सेवा संचालन गर्दै आएका छन् ।सो समयमा जो कोहीले टीथ्री थकाली एन्ड मल्टी कुजिनमा अथेन्टिक थकाली खानाको स्वाद र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा नान,तन्दुरी, सेकुवा जस्ता परिकारहरूको स्वादका लागि चौबिसै घण्टा सेवा प्राप्त गर्नेछन् ।यी दुई रेस्टुरेन्टहरुमा सशुल्क रुपमा प्रसस्त पार्किङको समेत व्यवस्था पनि छ।
सेवाप्रवाह मार्फत आफ्ना ग्राहकहरूको मन जित्न सफल भइरहेको यस बैंकले हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधि पनि प्राप्त गर्न सफल भएको छ ।
नेपालभर ३०७ शाखा कार्यालयहरू,२८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको यस बैंकले ‘विश्वास लिन्छौँ,विश्वास दिन्छौँ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकिङ तथा वित्तीय सेवा प्रवाह गरिरहेको उल्लेख गरेको छ ।
अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको प्रभु बैंकले लन्डन स्थित दि फाईनान्सियल टाईम्सले प्रदान गर्ने बैँक अफ दि ईयर–२०२३ को उपाधी पनि पाएको छ ।भने, फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड समेत प्राप्त गर्न सफल भएको जनाएको छ ।
