आजदेखि वर्षाको मात्रा केहीकम हुने

मनिषा गुरुङ

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज सोमबारदेखि हिजो र अस्तिको तुलनामा कम पानी पर्ने जनाएको छ।

महाशाखाका अनुसार आज सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउनेछ।जसका कारण वर्षाको मात्रामा केही कमी हुनेछ।

महाशाखाले आज कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र थोरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

तर,भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम यथावतै रहेको,खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

हेर्नुहोस् मनसुन विशेष मौसम बुलेटिन