
मनिषा गुरुङ
१४ भदौं,काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
फिल्म निर्देशक,अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि परिचित छन् ।चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर पनि हुन् ।
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि सगरमाथा प्रेससँग कुरा गर्दै उनले फिल्मको बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने,नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा गर्न भूमिका खेल्ने बताए ।
बोर्डको अध्यक्ष पदकालागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो।
बोर्डको बोर्डको अध्यक्ष पदका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
