
१४ भदौ,काठमाडौं ।जीवन विज्ञान प्रतिष्ठान नेपालले आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ध्यान,योग र अध्यात्मको ‘स्वजागरण ’कार्यक्रम आयोजना गरेको छ।प्रतिष्ठानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वजागरण कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।
प्रतिष्ठानले राष्ट्रिय प्रहरी प्रतिष्ठान महराजगञ्जमा आयोजना हुने स्वजागरण कार्यक्रममार्फत योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माण हुने विश्वास लिएको छ ।
योग र ध्यानको स्वजागरण अभियान अन्तर्गत दुवै सदनका सम्पूर्ण सांसदहरूका लागि उक्त कार्यक्रम गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्री र दुवै सदनका सांसदहरूको सहभागिता रहने उल्लेख गरिएको छ ।
नेपालमा स्थापना भएको सो संस्थाले विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको समेत विज्ञप्तिमा जनाइएको छ ।
