
सीता पौडेल(अर्चना)
२७ साउन,काठमाडौं ।चर्चित लोकदोहोरी कलाकार द्धय ज्योति न्यौपाने र शिरिष देवकोटाको नयाँ तीज गीत बजारमा आएको छ ।
नेपाली समाजको यथार्थलाई चित्रण गरेर अर्थात समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको उक्त गीत आज साउन २७ गते आइतबार दिउँसो शिरिष देवकोटा यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गायक एवं संगीतकार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित मैंपी मन्दिरमा छयाँकन गरिएको सो गीतमा कलाकार ज्योति न्यौपाने,शिरिष देवकोटा र जुना श्रीष मगरले स्वर दिएका छन् ।गीतको शब्द संयोजन कलाकारद्धय न्यौपाने र देवकोटाले नै गरेका छन् ।
त्यस्तै यस गीतको संगीत संयोजन भने,गायक तथा संगितकार ज्योति न्यौपाने स्वयंले नै गरेका छन्।

कलाकार तथा नृत्य निर्देशक स्मृति तिमल्सिना (गुरुआमा)को निर्देशन रहेको सो गितमा कलाकारहरुसँगै गायक देवकोटाकी पुजनीय आमा,श्रीमति लगायत अन्य शुभचिन्तकहरुको अभिनय रहेको छ ।
पारिवारिक माहोलमा तयार पारिएको उक्त गीत सन्देश मूलक रहेको कलाकारहरुको दाबी छ।
