
२७, साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शिष्टाचार भेटवार्ता भएको हो ।
आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।
