
सीता पौडेल (अर्चना)
२९ साउन,काठमाडौं ।कलाकार अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’ सार्वजनिक भएको छ ।
कलाकार शान्तीश्री परियार र अशोक अर्याल स्वयंंको आवाज रहेको उक्त गीत गत हप्ता सार्वजनिक भएको हो।अशोका इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट गत हप्ता मात्रै सार्वजनिक गरिएको उक्त गीतलाई एक सातामै एक लाख छयानब्बे हजार छ सयभन्दा बढीले हेरीसकेका छन्।
यस गीतमा संगीतकार राजु अर्यालले संगीत संयोजन गरेका छन्।भने,राजेश पौडेल र डा.विष्णुमुर्ति भट्टराइको शब्द संयोजन रहेको गायक अशोक अर्यालले जानकारी दिए।
उनका अनुसार मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।यस्तैगरि सो गीतमा सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको छ।
अमेरीका निवासी अर्यालको उक्त गीतको छयाँकन भने,अमेरीकाको नर्थ क्यारोलाइनामा गरिएको छयाँकनमा सहभागी अमेरीका निवासी कला पाठकले जानकरी दिइन्।
साथै उनले समसामयिक विषय वस्तुलाई समेटेर तयार पारिएको हुनाले सो गीतले यसपालिको तीजलाई थप रमाइलो बनाउने आशा व्यक्त गर्दै गीतको सफलताको लागि शुभकामना व्यक्त गरिन् ।
