
सीता पौडेल (अर्चना)
काठमाडौं।साहित्यकार तथा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ लोकापर्ण भएको छ ।
शनिबार साहित्यिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उक्त उपन्यासको लोकार्पण गरिएको हो।
उपन्यसको काठमाडौं विश्वविद्यालयका अनुसन्धान विभाग सदस्य प्रा.डा.जयराज अवस्थी र संघका अध्यक्ष राधेश्याम लेकाली लगायत पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ,समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्की,प्रमोद प्रधान र ज्ञानु अधिकारी लगायतले लोकापर्ण गरेका थिए ।
यस्तै उक्त उपन्यासको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ (रोदन),पत्रकार राजकुमार बानियाँ र शिखा बुक्स प्रा.लि.का अध्यक्ष पुष्पराज पौडेल,पत्रकारहरु र विभिन्न विधाका साहित्यकार तथा शुभचिन्तकहरुको सहभागितामा सामुहिक रुपमा लेकार्पण गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जयराज अवस्थीले लेखकले नेपालगञ्जमा बसेर पौराणिक कथामा आधारित उपन्यासहरूका माध्यमबाट साहित्यको क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएको भन्दै सामाजिक विषयवस्तुमा केन्द्रित भएर थप लेख्न सुझाब दिए ।
त्यस्तै साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले उपन्यासको कथावस्तुका बारेमा दिप्पणी गर्दै सीता, सुपर्णखा र दुर्गाका बारेमा पनि लेख्न सुझाब दिए ।

यस्तै कार्यक्रममा लोकार्पित उपन्यासको समिक्षा गर्दै समालोचक त्रय प्रा.डा. गोविन्दमानसिंह कार्की,ज्ञानु अधिकारी र प्रमोद प्रधानले उपन्यासको विषयवस्तु र पात्रको चयनमा लेखकले विशिष्टता देखाएको भन्दै लेखन कलाको खुलेर प्रसंसा गरेका थिए ।त्यस्तै शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले उपन्यसकारको साहित्यिक यात्राको सफलताको कामना गरे।
लोकार्पित उपन्यासका रचयिता किरण आचार्यले आफुभित्र भएको इच्छा शक्तिका कारण साहित्यिक यात्रा अगाडि बढिरहेको बताइन्।उनले सो उपन्यासमा देवराज इन्द्रले अहिल्यामाथि गरेको यौन शोषणका कारण गौतम ऋषिले कुरै नबुझी अहिल्यालाई सराप दिएको र ढुङ्गा बन्नु परेको प्रसंङग्लाई समेटिएको जानकारी दिइन्।साथै उनले कसैलाई खसाल्नु छ भने स्त्री जातिलाई प्रयोग गर्ने गरेको पौराणिक इतिहास रहेको उल्लेख गरिन्।
उपन्यास अहिल्याका सम्पादक तथा पत्रकार राजकुमार बानियाँले शुरूमा पाण्डुलिपिमा गौतम अहिल्या नाम राख्ने योजना भएको भन्दै उनले पुस्तकको नाम अहिल्या राख्न आफूले सुझाएको जिकिर गरे।
‘अहिल्या’ साहित्यकार आचार्यको नवौँ कृति हो।
उनका जरत्कारू र परशुराम प्रकाशित भइसकेका छन्।भने,कवितासङ्ग्रह ‘अनुभूति’,मुक्तकसङ्ग्रह ‘अस्तित्व‘,कथासङ्ग्रह ’क्यान्टोनमेण्ट‘,लघुकथा सङ्ग्रह सृष्टिचक्र’ र ‘हाम्रा देवदेवी धन र यथार्थ’ गद्य लेखसङ्ग्रह र थारू जातिका लोककथामा आधारित कथासङ्ग्रह प्रकाशित छन्।
