
२३साउन,काठमाडौं।चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य रूपमा देखिएका छन्।
आउँदो अर्का महिनाको ७ गते अर्थातभदौ ७ गते प्रदर्शनमा आउने उक्त चलचित्र(चलचित्र)को पोष्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल,प्रहरी निरीक्षक जेआर शर्मा लगायत मुख्य कलाकारको रूपमा देखिएका छन्।
नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितको वास्तविक घटनामा आधारित छ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि यो फिल्ममा अभिनय छ‚ पोष्टरमा भने उनलाई देखाइएको छैन।
निर्देशक ढुंगानाका अनुसार यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल, ज्ञानेन्द्र शाही, नेपाल प्रहरीहरू लगायत एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय
रहेको छ।
एसिड आक्रमणमा परेका व्यक्तिले समाजमा भोग्नुपरेको दर्दनाक दुःख,पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट हाम्रो समाजमा कसैमाथि पनि यस्तो अपराध नगरियोस र यस्तो अपराध गर्ने अपराधीले कडाभन्दा कडा सजाय पाओस्,बलियो कानुन बनोस् भन्ने सन्देश फैलाउन खोजिएको निर्देशकको भनाइ छ।
उक्त फिल्म भाद्र ७ गतेदेखि देशैभरिका सिनेमा घरमा प्रदर्शन हुने नायक एवं निर्देशक रमित ढुंगानाले बताएका छन् ।साथै उनले भदौ ७ गते सिनेमा घरमा गएर सो चलचित्र हेरिदिन पनि आग्रह गरेका छन्।
