
१५ माघ,काठमाडौं ।चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२–०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विधामा सञ्चालन हुने तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ।
बोर्डद्वारा जारी सूचनाअनुसार चलचित्रकर्मीको प्राविधिक,सिर्जनात्मक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ध्वनि,पोस्ट–प्रोडक्सन,छायांकन,पटकथा लेखन,ड्रोन,मेकअप,फोटो तथा भिडियो पत्रकारिता,एआई चलचित्र निर्माण,प्रतिलिपि अधिकार,साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ ।
इच्छुक चलचित्रकर्मीले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्न सक्ने तर ।सम्बन्धित विधामा ५ वर्षदेखि कार्यरत चलचित्रकर्मीलाई प्राथमिकता दिइने बोर्डको भनाइ छ।
बोर्डका अनुसार यी कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
