‘हितैको माया’ लिएर नितेशजंग पुगे अमेरिकाको डलास

२६ असोज,काठमामडौं ।लोकप्रिय गायक तथा संगीतकार नितेशजंग कुवँरले अमेरिकाको डलासमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

‘हितैको माया अमेरिका टुर २०२५’ नामक टूर लिएर उनले अक्टोबर २४ तारिखका दिन डलासमा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।फेम नेपालको प्रस्तुतिमा हुन लागेको यो कार्यक्रम डलास नजिकैको अर्भिङस्थित ‘ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब’मा आयोजना हुने जनाइएको छ।

कुँवरको अमेरिका टूरको व्यवस्थापन थ्रिई इन्टरटेनमेन्टले गरेको छ । कुँवरले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।कार्यक्रमको भेन्यू पार्टनरमा ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब रहेको छ भने नेप्रिन्ट्सले कार्यक्रमलाई सपोर्ट गरेको छ।

डलास र यस वरपर बसोबास गर्ने नेपाली संगीतप्रेमीका लागि यो कार्यक्रम एक अविस्मरणीय सांगीतिक अनुभव हुने आयोजकको विश्वास छ।