त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

२६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारतको लखनऊ ‘डाइभर्ट’ भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको थिएन । । ‘टीएलएम २२०’ उडान नम्बरको उक्त जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।

सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।