
२६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उनले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्।
भेटमा राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन, सभाको बैठक बोलाउने लगायतका विषयमा छलफल भएको थियो।
छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचन र बैठक बोलाउने विषयमा पनि परामर्श हुनुका साथै राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको बताए।
