
काठमाडौं । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद ९एलपी० जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिहिवार राति ८:३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
दमक –१ निवासी जोशीले ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।
एल।पी।जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।
