साहित्य

बलिवुड अभिनेत्री सोनाक्षी आज वैवाहिक बन्धनमा बाँधिँदै

कला, ताजा अपडेट, बिशेष, समाचार, साहित्य
काठमाडोँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिँदै छन्। आजै सुरुमा उनीहरुले इन्गेजमेन्ट गर्नेछन्। त्यसपछि विवाह दर्ता गर्ने बताएका छन्। यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेस्टुरेन्ट बस्टनमा रिसेप्सन पार्टी हुने बताइएको छ। आज हुने रिसेप्सन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो।...
बालकृण्णको “ त्रिनेत्र” विमोचन

बालकृण्णको “ त्रिनेत्र” विमोचन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, साहित्य
सीता पौडेल(अर्चना) काठमाडौं। साहित्यकार बालकृण्ण सुवेदीको  “ त्रिनेत्र” पुस्तक सार्वजनिक भएको छ। मंगलबार मन्जुश्री साहित्य समाजको आयोजनामा काठमाडौंको नागार्जुन–१मा अवस्थित रानीवन पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमकाबीच  उक्त पुस्तकको विमोचन भएको थियो। साहित्यकार एवम् प्रोफेसर ढाकाराम साप्कोटा,साहित्यकार तथा वरिष्ठ पत्रकार रामसिंह बस्नेत, समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’,समाजकी सल्लाहकार साहित्यकार तथा पूर्वप्रोफेसर वीणा पौड्याल,साहित्यकार डा. अम्बिका अर्याल लगायतले सर्जक सुवेदीको उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन समारोहमा विमोचित पुस्तकको समिक्षा गर्दै सामालोचक रामसिंह बस्नेतले यस पुस्तकमा नेपाली समाजमा चल्दै आएका उखान टुक्काहरुलाई कवितात्मक शैलिमा प्रस्तुत गरिएकाले निकै पठनीय साथै रोमाञ्चक पनि भएको बताए ।सामालोचक बस्नेतले करिब १७२ वटा उखान ट...
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

कला, ताजा अपडेट, शिक्षा, समाचार, साहित्य
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको आज निधन भएको छ । ९१ वर्षीय नेपालको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ । उपचारका लागि उनलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।नयराज पन्तका शिष्य समेत रहेका उनको नेपालको महाभारत चर्चित पुस्तक हो ।त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल भोट-चीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्।नेपालका २ छोरा छन् ।...
फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

अन्तर्राष्ट्रिय, कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार, साहित्य, स्थानीय
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने भएका छन्।त्यसका लागि मेयर बालेन हिजै राती सोमबार दुई सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गरेका छन्। मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसँगै गएका छन्।उनलाई त्यहाँका मेयर डेभिड लिसनार्ड निम्तो दिएका हुन्।उनी त्यहाँ तीन दिनसम्म बस्ने बताइएको छ। मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँगको भेटवार्तापछि उनले फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागिता जनाउने छन्।बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा भव्य रिसेप्सनको आयोजना गरिएको जनाइएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्।राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर का...
मित्रको पहिचान कसरी हुन्छ ?

मित्रको पहिचान कसरी हुन्छ ?

ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार, साहित्य
मनिषा गुरुङ काठमाडौं । दुई जना साथी एक पटक साथसाथै भ्रमण गर्न निस्के । जंगलको बाटो थियो ।बाटोमा अनेक किसिमका जंगलि जनावरहरु आउने सम्भावना थियो । नभन्दै हिंड्दा हिंड्दै एक जाना साथीले आफूभन्दा अलि टाढाबाट आफैंतिर भालु आउँदै गरेको देख्यो । भालु आएको सुँइको पाउनासाथ नजिकैको साथीलाई समेत संकेत नगरी हत्तनपत्त नजिकैको रुखमा चढ्यो ।सँगै हिडेको साथी भने अक्क् न बक्क भयो ।उसलाई के गरुँ,कसो गरुँ भयो ।यस्तो अवश्थामा भागेर अब प्राणको रक्षा गर्न सकिने होइन जे हुन्छ होस् भन्ने सम्झी भूइँमा लम्पसार परेर सुतिदियो । उसले बुढापाकाका अनुभवहरुबाट सुनेको थियो कि,भालुले मरेको शवलाई खाँदैन।त्यसैले उसले मरेको जस्तै गरि सासै नफेरी बस्यो ।भालुले सबैतिर सूँ सूँ गरि सुघ्यो ।मान्छे बाँचेको आभास नपाएकाले एकैछिनमा छाडेर गइहाल्यो ।रुखमा बसेको साथीले यी सबै घटनाहरु एकटक लगाई हेरिरहेको थियो ।भालु आफ्नो बाटो लाग्नासाथ...
गोधूलि साहित्य प्रतिष्ठानले मनायो १८ औं वार्षिकोत्सव,उत्प्रेरक प्रसङ्गको विमोचन,स्रष्टा सम्मान

गोधूलि साहित्य प्रतिष्ठानले मनायो १८ औं वार्षिकोत्सव,उत्प्रेरक प्रसङ्गको विमोचन,स्रष्टा सम्मान

कला, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
सीता पौडेल(अर्चना) काठमाडौं । कला साहित्य र संस्कृतिमा समर्पित गोधूलि साहित्य प्रतिष्ठानले आफ्नो अठारौं वारर्षिक उत्सव मनाएको छ । शनिबार काठमाडौंको कमलादिमा अवस्थित प्रज्ञा भवनको एक सभाहलमा प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरि सो वार्षिकोत्सव मनाएको हो।संस्कृतिविद् प्राध्यापक डा. मदनकुमार रिमाल प्रमुख अतिथि रहेको उक्त समारोहमा साहित्यकार सन्तु श्रेष्ठाद्धारा लिखित विभिन्न डाक्टरहरुको भावना,विचार र अनुभूतिहरुलाई समावेश गरि अनुशीलन गरिएको पुस्तक ‘उत्प्रेरक प्रसङ्ग’ को विमोचन भएको थियो। समारोहमा कला,साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।आख्यानकार जलेश्वरी श्रेष्ठ र वरिष्ठ संगितकार एवं अन्वेषक प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीलाई गोधूलि शिखर सङ्गीत÷साहित्य अभिनन्दन प्रदान गरिएको छ । त्यस्तैगरि साहित्य,कला तथा स...

खास्टे ताल किनारमा पोखरेली साहित्यकारले यसरी सम्झिएका थिए प्रकट पंगेनीलाई

साहित्य
गण्डकी । पोखरेली साहित्यकारहरूले पोखरा महानगरपालिका,२६मा रहेको खास्टे ताल किनारमा दिवंगत साहित्यकार प्रकट पंगेनी ‘शिव’लाई अक्षरयात्राद्धारा सम्झिएका थिए। खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा स्वर्गीय पंगेनीप्रति सम्मान र सम्झना गर्दै २६ जना कवि तथा कवयत्रीले अक्षरयात्रा गराई रचना सुनाएका थिए।पोखरेली साहित्यकारले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आएका छन् ।                              गजल साँझ थियो तिमी थियौं,हल्का हल्का मात थियो जुनेलिको उज्यालोमा जवानीको बात थियो लोलाएका तिम्रा नजर मधहोस् थिए तिम्रा अधर मेरो शिरको सिरानीमा तिम्रा कोमल हात थियो । संसार धेरै रमाइलो छ,बाँच्न जान्ने मनहरुलाई तिम्रो हार्दिक समर्पण नै मेरा लागि सौगात थियो ।                                                  - प्रकट पंगेनी ‘शिव’...

काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन –२

जीवनशैली, ताजा अपडेट, फिचर, ब्यानर-१, साहित्य
काठमाडौं । काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन २को सम्पन्न गरिएको छ । मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी बलम्बुले काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास मनसुन–२ आज सम्पन्न गरेको छ। अभ्यासमा गृहमन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो। बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका छन् । उनका अनुसार कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय...