काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन –२

काठमाडौं । काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन २को सम्पन्न गरिएको छ । मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी बलम्बुले काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास मनसुन–२ आज सम्पन्न गरेको छ।

अभ्यासमा गृहमन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका छन् ।

उनका अनुसार कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी पीडितहरुको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए।भने,गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराइमा डुबेका पीडितहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास  गरेका थिए।

यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरि हिल्स लिमिटेडको सहकार्यमा केबुलकार आपतकालिन उद्धारु अभ्यास गरेका थिए।