इलाम–२ मा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा,कांग्रेसले लियो अग्रता

इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

त्यसपछि स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् ।भने ,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।

त्यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएकी छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले भने शून्य मत पाएका छन् ।