काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीभन्दा उनि ६०८ मतले अगाडि छन् ।
भण्डारीले २८९० मत प्राप्त गरेका छन् ।भने, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत प्राप्त गरेका छन् । यो संख्या ८०७२ सदर मतमध्येको हो ।
त्यस्तै गरि नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।
