गोधूलि साहित्य प्रतिष्ठानले मनायो १८ औं वार्षिकोत्सव,उत्प्रेरक प्रसङ्गको विमोचन,स्रष्टा सम्मान

सीता पौडेल(अर्चना)

काठमाडौं । कला साहित्य र संस्कृतिमा समर्पित गोधूलि साहित्य प्रतिष्ठानले आफ्नो अठारौं वारर्षिक उत्सव मनाएको छ ।

शनिबार काठमाडौंको कमलादिमा अवस्थित प्रज्ञा भवनको एक सभाहलमा प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरि सो वार्षिकोत्सव मनाएको हो।संस्कृतिविद् प्राध्यापक डा. मदनकुमार रिमाल प्रमुख अतिथि रहेको उक्त समारोहमा साहित्यकार सन्तु श्रेष्ठाद्धारा लिखित विभिन्न डाक्टरहरुको भावना,विचार र अनुभूतिहरुलाई समावेश गरि अनुशीलन गरिएको पुस्तक ‘उत्प्रेरक प्रसङ्ग’ को विमोचन भएको थियो।

समारोहमा कला,साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।आख्यानकार जलेश्वरी श्रेष्ठ र वरिष्ठ संगितकार एवं अन्वेषक प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीलाई गोधूलि शिखर सङ्गीत÷साहित्य अभिनन्दन प्रदान गरिएको छ ।

त्यस्तैगरि साहित्य,कला तथा संस्कृति सम्मानबाट संस्कृतिविद् डा.महेश कुमार आचार्य,वरिष्ठ कवि तथा साहित्यकार गोपीकृष्ण प्रसाइँं,चर्चित गजलकार आँचल कुमार शर्मा,साहित्यकार तथा समाजसेवी सुष्मा राजभण्डारी,कवि तथा गजलकार गंगा आचार्य साप्कोटा सम्मानित भएका छन्।

यस वर्षको गोधूलि युवा सृजनशील पुरस्कार–२०८१,चर्चित नृत्य निर्देशक तथा कलाकार नरेन्द्र विष्ट (गम्भीर)लाई प्रदान गरिएको छ।त्यस्तै चिज कुमारी–गोधूलि बालप्रतिभा पुरस्कारबाट भने बालकलाकार सिखा सुनार सम्मानित भएकी छिन्।

साहित्य सेवा सम्मानबाट ज्ञानबहादुर जिम्बा,कुमार स्याताङ,दिलबहादुर क्षेत्री र खेम भण्डारी सम्मानित भएका छन्।समारोहमा पुस्तकका लेखक सन्तु श्रेष्ठलाई बधाईपत्रले सम्मान गरिएको थियो।

गोधूलिको सो समारोहमा,सााहित्यकार,कलाकार,पत्रकार,संस्कृतिविद्,प्राध्यापक,सामाजसेवी,बुद्धिजिवी लगायत विधिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।