बलिवुड अभिनेत्री सोनाक्षी आज वैवाहिक बन्धनमा बाँधिँदै

काठमाडोँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिँदै छन्। आजै सुरुमा उनीहरुले इन्गेजमेन्ट गर्नेछन्। त्यसपछि विवाह दर्ता गर्ने बताएका छन्।

यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेस्टुरेन्ट बस्टनमा रिसेप्सन पार्टी हुने बताइएको छ। आज हुने रिसेप्सन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ।

सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो।